Section 24D
शैक्षिक योग्यता र तालिमको मूल्यांकन
(१) निजामती कर्मचारीलाई शैक्षिक योग्यताको अंक दिँदा निजामती सेवाको कुनै पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता बापत एकमुष्ठ नौ अंक र सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधिबापत एकमुष्ट तीन अंक दिइनेछ । सेवा प्रवेश गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक उपाधि मात्र पाएको अवस्थामा पनि सोही बराबरको दुवै अंक दिइनेछ ।
(२) ……..
३) दफा ७ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पदको निमित्त निर्धारित न्यूनतम शैक्षिक योग्यताबाहेक राजपत्रांकित द्वितीय श्रेणीभन्दा माथिको पदमा बढुवाको लागि पनि राजपत्रांकित तृतीय श्रेणीको सेवा प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
(४) ………
(५) सेवाकालीन तालिमबापत प्रथम श्रेणीको लागि २ अंक, द्वितीय श्रेणीको लागि
१.७५ अंक र तृतीय श्रेणीको लागि १.५ अंक प्रदान गरिनेछ ।
(६) निजामती कर्मचारीलाई तालिमको अंक दिंदा एक महिना वा सोभन्दा बढी अवधिको सेवासंग सम्बन्धित विषयको सेवाकालीन तालिमबापत अंक दिइनेछ । तालिमको अंक गणना गर्दा जुन श्रेणीमा छँदा तालिमको लागि मनोनयन भएको हो सो अंक सोही श्रेणीको लागि मात्र गणना गरिनेछ ।
स्पष्टीकरण:-
“एक महिनाको तालिम” भन्नाले तीस कार्य दिन वा सोभन्दा बढी अवधिको सेवासंग सम्बन्धित तालिमलाई जनाउनेछ ।
(७) निजामती कर्मचारीले शैक्षिक योग्यता र सेवाकालीन तालिमबापतको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । सो पेश नगरेमा त्यसबापत अंक दिइने छैन ।
(८) निजामती कर्मचारीले बढुवा प्रयोजनको लागि दरखास्तसंग पेस गरेको शैक्षिक योग्यता सो सेवा, समूह, उपसमूहसंग सम्बन्धित हो वा होइन भन्ने सम्बन्धमा तोकिएबमोजिमको सम्बद्धता निर्धारण समितिले निर्णय गरेबमोजिम हुनेछ । बढुवा प्रयोजनको लागि दरखास्तसंग पेस गरेको शैक्षिक योग्यताको सम्बद्धता निर्धारण बढुवा समितिको बैठक बस्नुभन्दा अगाडिको मितिसम्म भएमा त्यस्तो शैक्षिक योग्यताको अंक बढुवाको लागि गणना गरिनेछ ।
(९) यस दफाको अधीनमा रही तालिम दिने संस्था र तालिमको स्तरसम्बन्धी व्यवस्था सेवा, समूह वा उपसमूहसञ्चालन गर्ने मन्त्रालयसंग समन्वय गरी सामान्य प्रशासन मन्त्रालयले तोकेबमोजिम हुनेछ ।